प्रचण्डको एकता नाटकमा सहभागी नहुन अपिल

 

नेकपा (माओवादी केन्द्र) रुकुम पश्चिमको मुसिकोट नगर कमिटीले प्रचण्डको एकता प्रक्रियामा नजाने घोषणा गर्दै जनार्दन शर्माको ‘प्रगतिशील राष्ट्रिय अभियान’ मा जोडिने निर्णय गरेको छ ।

शुक्रबार एक विज्ञप्ति जारी गर्दै माओवादी नगर कमिटीका अध्यक्ष दलबहादुर खड्काले शर्माको अभियानमा जोडिएर विकृति, अनियमितता र भ्रष्टाचारविरुद्ध आवाज बुलन्द गर्ने बताएका छन् ।

उक्त नगर कमिटीले पार्टीभित्र रहेका विभिन्न काण्डहरूको छानबिन, नेताहरूको सम्पत्ति शुद्धीकरण, आन्तरिक पार्टी रूपान्तरण, सुशासन प्रवद्र्धन, युवा सहभागिता र नियमित महाधिवेशनजस्ता अत्यावश्यक वर्तमान मनोविज्ञानमा आधारित विषयहरूलाई प्रचण्डले बेवास्ता गरी ‘डम्पिङ साइट’ मा थन्क्याएको आरोप लगाएको छ ।

खड्काले भनेका छन्, ‘कतिपय पार्टी र नेताहरूसँग वृहत् वाम एकताको नाममा रचिएको नाटकलाई हामी स्वीकार गर्न तयार छैनौँ ।’

उनले प्रचण्डले भ्रष्टाचारमा छानबिन भइरहेका र विगतमा देशलाई असफल राष्ट्र बनाउन योगदान गरेका ‘थोत्रा बसका ड्राइभरहरू’ सँग एकता गरेको पनि बताएका छन् । खड्काको भनाइछ, ‘प्रचण्ड आफैँ पनि माओवादी विचार र दृष्टिकोणलाई पूर्णरूपले विसर्जन गरी नाम मात्रको कम्युनिस्ट पार्टी निर्माणको नाटक नेपाली जनताका लागि एक दुखद क्षण प्रमाणित भएर जानेछ ।’
विज्ञप्तिमा भनिएको छ, ‘यस्तो गरिसकेपछि महान् जनयुद्ध र जनआन्दोलनलाई आत्मसात् गरेर नयाँ विचार, नयाँ कार्यभारसहित युवाहरूको अपनत्व हुने गरी हामी नयाँ पार्टी निर्माण हुनुपर्छ भन्ने दृष्टिकोणमा छौं ।’

अध्यक्ष खड्काले सिङ्गो नगर कमिटी प्रचण्डको नाटकीय एकता प्रक्रियामा नजाने र माओवादीका सङ्गठित नेता तथा कार्यकर्ताहरूलाई समेत