‘क्लाइमेट स्मार्ट सिटीज’ परियोजना अन्तर्गत विद्यार्थी तथा शिक्षकलाई तालिम

‘क्लाइमेट स्मार्ट सिटीज’ परियोजना अन्तर्गत काठमाडौं र चितवनका २० वटा सरकारी विद्यालयलाई ‘फण्ड’ उपलब्ध गराइएको छ । परियोजनाको मुख्य साझेदार संस्था एनिमल नेपाल रहेको छ । यसका साथै विद्यार्थी तथा शिक्षकलाई वातावरण संरक्षण तथा फोहोर व्यवस्थापनसम्बन्धी तालिम प्रदान गरिएको छ ।
एनिमल नेपालकी कार्यक्रम संयोजक सुलक्षणा राणाले परियोजनाले प्लास्टिक प्रदूषण न्यूनीकरणका साथै जनावरमाथि हुने क्रूरताको कम गर्न , बालबालिकामा करुणा र समानुभूतिको भावना विकास सहयोग पुराउने अपेक्षा गर्रिएको छ । परियोजनाको नेतृत्व गरिरहेको संस्था क्रिएसन नेपालले कार्यक्रममा २० विद्यालयका शिक्षक तथा विद्यार्थीहरूलाई फण्ड हस्तान्तरण र रिपोर्टिङ तालिम प्रदान गरेको थियो ।

परियोजनामा हरेक विद्यालयमा ‘क्लाइमेट स्मार्ट क्लब’ गठन गरिने छ । विद्यार्थीहरूल‘रुख रोप्ने, फोहोर वर्गीकरण, डस्टबिन वितरण, नाटक प्रदर्शनदेखि समुदाय सरसफाइसम्मका गतिविधि विद्यार्थी आफैंले गर्ने छन ।

तीन वर्षे यो परियोजनाले विद्यार्थी, युवा, सफाइकर्मी र स्थानीय समुदायलाई एकै ठाउँमा ल्याएर प्लास्टिकको पुनर्चक्रण र सर्कुलर इकोनोमीको मोडल विकास गर्नु मुख्य लक्ष्य रहेको आयोजकहरूले बताएका छन् ।