निर्वाचनका लागि रास्वपाले गरायो दल दर्ता

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता गराएको छ । सोमबार आयोगको कार्यालयमा पुगेर रास्वपाले दल दर्ता गराएको हो ।

२०७९ सालको निर्वाचनअघि मात्रै गठन भएको रास्वपाले त्यतिबेला प्रतिनिधि सभामा २० सिट जितेर चौथो ठुलो दल बनेको थियो।