कोशी प्रदेश योजना आयोगको उपाध्यक्षमा निरौला नियुक्त

कोशी प्रदेश सरकारले योजना आयोगको उपाध्यक्षमा विराटनगरका तारानाथ निरौला नियुक्त गरेको छ । कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले उनलाई उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।

यसअघिका उपाध्यक्ष डा राजेन्द्र अधिकारीले गत कार्तिक २० गतेदेखि लागू हुनेगरी दिएको राजीनामा स्वीकृत गर्दै निरौलालाई नियुक्त गर्ने निर्णय गरेको‌ हो।
निरौला बैंकिङ क्षेत्र तथा स्थानीय तहको अनुभवी व्यक्तिको रूपमा चिनिनुहुन्छ। उनले विराटनगर महानगरपालिकाको कर्मचारीको रुपमा पनि काम गरेका थिए ।