जिल्ला प्रशासन कार्यालय बाराले सिमरा विमानस्थल तथा जीतपुर सिमरा आसपास क्षेत्रमा आज दिउँसो १ बजेदेखि बेलुका ८ बजेसम्म पुनः कर्फ्यु आदेश जारी गरेको छ ।
बिहीबार एक विज्ञप्ति जारी गर्दै बारा प्रशासनले सो क्षेत्रमा कर्फ्यु आदेश जारी गरिएको जानकारी दिएको हो ।


















