नेपाल एयरलाइन्सका चालक दलका सदस्य सन्देश तिवारी सुन तस्करीको आरोपमा दोहामा पक्राउ परेका छन् । सुन तस्करीको आरोपमा उनलाई दोहा प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ परेसँगै तिवारीलाई तीन महिनाको लागि निलम्बन गरिएको बताइएको छ । तिवारीबाट आठ तोला सुन बरामद गरिएको प्रहरीले जनाएको छ ।उक्त घटना नोभेम्बर २९ मा भएको हो ।
उडान नम्बर आरए २४० दोहाबाट काठमाडौँ आइपुग्ने तालिका थियो। दोहा विमानस्थल भन्सार जाँचका क्रममा तिवारीमा आठ तोला सुन भेटिएको जनाइएको छ ।यसका कारण उडान लगभग ३५ मिनेटको लागि रोकिएको थियो ।
















