यदि युरोप लड्न चाहन्छ भने हामी तयार छौंः पुटिन

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रूसले युरोपसँग युद्ध नचाहे पनि यदि युरोप चाहन्छ भने आफूहरू तयार रहेको बताएका छन् । पुटिनले युक्रेनसँगको युद्ध अन्त्य गर्ने सम्बन्धमा अमेरिकी विशेष दूत स्टीव विटकफसँग भेट्ने कार्यक्रम छ । यसअघि, उनी एक लगानी मञ्चमा बोल्दै थिए । जब उनले आफ्नो भाषण समाप्त गरे, उनी कुनै प्रश्नको जवाफ नदिई गए, तर बाटोमा, उनले ट्रेड सेन्टर लबीमा भेला भएका पत्रकारहरूसँग कुरा गरे ।

युक्रेनसँग शान्ति वार्तामा युरोपको संलग्नताको बारेमा सोध्दा, पुटिनले युरोपलाई शान्तिपूर्ण एजेन्डा नभएको आरोप लगाए । युरोपेली देशहरूले युक्रेनसँगको रूसको द्वन्द्व समाधान गर्न अमेरिकी प्रयासहरूमा अवरोध पुर्‍याइरहेको पुटिनले बताए ।

रूसले युद्ध अन्त्य गर्न युरोपको मागलाई स्वीकार नगर्ने बताए । उनले भने, ‘हामी युरोपसँग लड्ने छैनौं, तर यदि युरोपले हामीसँग लड्न चाहन्छ भने, हामी अब तयार छौं।’