चौध वटा वाम पार्टी बिच एकता भएर बनेको तपाईहरुको पार्टी नेपाली कम्युनिष्ट पार्टीलाई त एमाले अध्यक्ष के पी शर्मा ओलीले डेट सकिएका नेताहरुको बृद्धाश्रम भन्नुभयो नि ?
नेपाली जनता र पार्टीका आम कार्यकर्ताले नेपालका कम्युनिस्ट पार्टी बिच एकता हुनु पर्दछ भनेर आवाज उठाई रहेका थिए । बिचार मिल्नेहरु अलग अलग बस्ने होईन एक ठाउँमा भए मात्र देश र जनताको लागि केही गर्न सकिन्छ भन्ने हामीलाई पनि लागेको थियो ।
हाम्रा नेताहरुले बिचार मिल्नेहरु एक ठाउँमा भए मात्र बलियो शक्ति भईन्छ र देश र जनताको लागि केही गर्न सकिन्छ भनेर यो एकता गर्नु भएको हो । जहाँ सम्म पाका नेताको पार्टी भयो भन्ने प्रश्न छ । हिजो यीनै नेताहरुले नेपाली कम्युनिष्ट आन्दोलनमा योगदान दिनु भयो । देशमा गणतन्त्र ल्याउनुभयो । व्यक्तिको उमेर भन्दा पनि उसले कस्तो बिचार बोक्छ भन्ने मुख्य कुरा हो ।हामीले समाजवादी बिचारबाट मात्र देशका समस्या समाधान गर्न सकिन्छ भनेर हिडेका छौ । यसमा उहाँहरुको अनुभव तथा युवाहरुको सक्रियता समायोजन गर्दै अगाडी बढ्छौ । त्यसैले यो आरोपको कुनै अर्थ छैन ।
जेनजी युवाहरुको आन्दोलनको माग त देशमा व्याप्त भष्टाचार अन्त्य र सुशासन स्थापना तथा पाका नेताको ठाँउमा युवाको नेतृत्व हुनुपर्दछ भन्ने पक्षमा थियो । तपाईहरुका नेता बिगत चार दशक देखि सधै नेतृत्वमा हुनुहुन्छ । एकता पछि पनि हुनुभयो यो जेनजी आन्दोलनकोे भावना विपरीत भएन र ?
पार्टीमा पाका नेताहरु मात्र हुनुहन्न । हामी जस्ता दोस्रो, तेस्रो पुस्ता र युवाहरु पनि पार्टी नेतृत्वमै छौ । एउटा त व्यक्तिको उमेर भन्दा पनि उसले कस्तो बिचार बोक्यो भन्ने महत्वपुर्ण कुरा हो । अर्को हाम्रोमा सबै उमेर समुहका नेता हुनुहुन्छ । अहिले प्रचण्ड ,माधब नेपालको नेतृत्व आवश्यक हो । महाधिबेसन पछि हामी नेतृत्वमा बस्दै नो भनेर प्रचण्ड र माधब कमरेडले भनि सक्नुभएको छ । जहाँसम्म जेनजीले शुसाशनको कुरा उठाए भन्ने छ । यो हामीले पनि उठाएको माग हो । हाम्रा नेता भष्टचारी ठहर भएका त छैन नी ।
यहाँले हाम्रा नेताहरु शुद्ध छन भने पनि पार्टी सह संयोजक माधवकुमार नेपालमाथि भष्टाचार गरेको आरोपमा अख्तियारले विशेष अदालतमा मुद्धा दायर गरेको छ, प्रचण्ड पनि भष्टचारी भन्ने आरोप छ ?
पूर्व प्रधानमन्त्री माधकुमार नेपाल बिरुद्ध योजना बद्ध र प्रतिसोधको भावनाले अख्तियारले मुद्धा दर्ता गरेको हो । मुद्धा चल्दैमा दोषी भन्न मिल्दैन । दोषी प्रमाणित भएको त होईन नि । जेनजी युवाहरुले आन्दोलनमा उठाएको भष्टाचारको अन्त्य र सुशासन स्थापना त हाम्रै पार्टीले उठाउदै आएको माग हो नि । देशमा व्याप्त भष्टाचारको अन्त्य र सुशासनको संम्वर्धन गरि देशलाई संमृद्धी तर्फ लानुपर्दछ भन्ने माग हामीले उठाउदै आएको माग हो, त्यसैले जेनजी आन्दोलनका जायज माग पुरा हुनुपर्दछ ।
पार्टीमा नेता धेरै जनता कम भए भन्ने छ नि ?
मुख्य कुरा बिचार हो । हाम्रो बिचार सहि छ ।संविधानमा समाजवाद भनेको छ तर कस्तो समाजवाद भन्ने कुनै पार्टीले व्याख्या गरेका छैनन । त्यसको ब्याख्या हामीले गरेका छौ । अर्काे तर्फ जनता कार्यकर्ता तल छैनन भन्ने कुरा पनि सत्य होईन गाँउ गाँउमा हाम्रा ईमान्दार नेता कार्यकता हुनुहुन्छ ।
बिचार मिल्नेहरु अलग अलग बस्ने होईन एक ठाउँमा हुनुपर्दछ भने पनि तपाई सक्रिय पुर्वपार्टी एकिकृत समाजवादीकै घनश्याम भुसाल त एकतामा सामेल हुनुभएन नि ?
मेरो भनाई त घनश्याम भुसाल ,जनार्दन शर्मा बाहिरीनु हुने थिएन भन्ने हो । उहाँहरु देशको नेता हो । उहाँहरुले अलि हतार गरे जस्तो मलाई लाग्द छ । एकतामा सामेल भएर ठुलो फोरममा कुरा राख्दा उचित हुने थियो । म मात्र होईन अरु धेरै साथिहरुको भनाई यहि छ । उहाँ बाहिरिएर गल्ति गर्नु भयो ।
एकता पछि देशब्यापी शन्देश सभागरि रहनुभएको छ माहोल कस्तो छ ?
नेपाली जनता र आम कार्यकर्ताले नेपालमा कम्युनिस्ट पार्टी अलग अलग हुनुहुदै कम्युनिष्ट पार्टी बिच पार्टी एकता हुनुपर्दछ भनेर आवाज उठाउदै आएका थिए । नेपालमा अहिले पनि बहुसंख्य गरिब दुःखी जनताले कम्युनिष्टलाई माया गर्दछन । उनीहरुको चाहना कम्युनिष्टहरु एक हुनु पर्दछ भन्ने थियो । बिगतमा एमाले र माओवादीबिच एकता पनि भयो तर केपी ओलीको अहंले त्यो लामो समय टिकेन । अहिले एकता हुदाँ जनता खुसि छन । माहेल राम्रो छ । अब बिगतको जस्ता गल्ति दोहोरिन दिनुहुँदैन । कमी कमजोरी सच्चाएर जानु पर्दछ । अहिले अवसर पनि छ, चुनौती पनि छ अब राम्रो योजना बनाएर जानुपर्दछ ।
सरकारले चुनाब घोषणा गरेको छ तर चुनाब होला कि नहोला भन्ने आशंका छ, एमाले पार्टी सहित केही कानुन व्यवसायीले त संसद पुनःस्थापनाको माग गर्दै अदालतमा मुद्धा दर्ता समेत गरेका छन , संसद बिघटन अबैध भन्ने पनि छन नि ?
अहिले देशमा जुन समस्या छ , त्यो समाधान गर्न चुनाव गर्नै पर्दछ अरु बिकल्प छैन । फागुन २१ मा चुनाब हुन्छ चुनाब गराउनु पर्दछ । चुनाब भएन भने देश झन समस्यामा फस्द छ । देशमा गृह युद्ध हुन्छ । जहाँ सम्म संसद पुनस्थापनाको कुरा छ ।संसद पुनस्थापना हदैन र गर्नु पनि हुन्न । त्यस्तै सरकार गठन संविधान सम्मत भयो भएन भन्ने प्रश्न छ। यो सरकार संविधानको उपज भन्दा पनि जेनजी आन्दोलनको उपज हो। आवश्यकताको सिद्धान्तका आधारम बनेको हो ।
देशमा सुशासन भएन चरम भ्रष्टाचार भयो । जताततै भष्टचार र बेथिति भए पछि कसैन कसैले आन्दोलन गर्नु पर्दथ्यो । जेनजीले त्यो आन्दोलन गरे । जेन–जीेले सुशासनको प्रत्याभुति र भ्रष्टाचारको अन्त्य हुनुपर्ने ऐजेण्डा उठाएका थिए । अन्दोलनमा जो जेनजी युवाहरु शहिद भए म श्रद्धानजली व्यक्त गर्न चाहन्छु । अब चुनावमै जानु पर्दछ संसद पुनस्थापना गर्नु हुन्न । किनकि यसले समस्या समाधान हुदैन । फागुन २१ मा चुनाब हुन्छ चुनाब गराउनु पर्दछ । सरकार संविधानको उपज भन्दा पनि जेनजी आन्दोलनको उपज हो। आवश्यकताको सिद्धान्तका आधारम बनेको हो । सबै लाई म तपाईकै मिडियाबाट भन्न चाहन्छु अब चुनाबमा जानु पर्दछ । जनतालाई पनि अपिल गर्न चाहन्छु अब असल मान्छेलाई मत दिनुस ३६४ दिन भष्टचारी चोर भनेर गालि गर्ने चुनावका दिन एक छाक मासु भात खाएर उसैलाई मत हाल्ने गल्ति नगर्नुस । केही गर्दछु भन्ने स्वच्छ छबि भएकालाई मत दिनुस् ।
अब चुनाबमा के कस्ता ऐजेण्डा लिएर जानुहुन्छ ?
अहिले देशमा रोजगारी छैन दैनिक दुईदेखि तीन हजार युवा बिदेश जान्छन । दैनिक २५ तीस भन्दा बढी बिदेशबाटलाश आउँछन । धेरै नागरीक देश बाहिर हुनुहुन्छ । बाहिर भएका धेरैले देशमा रोजगारी भए देशमै फर्कन्छौ भन्नुहुन्छ । देशमा ब्याचलर पास गर्यो रोजगारी हुदैन । युवाहरु रोजगारी नपाएर डिप्रेसनमा छन । शिक्षा स्वास्थ्यको राज्यले ग्यारेन्टी गर्नु पर्दछ अहिले गरेकोे छैन । यीनै कुरा लिएर चुनावमा भनेर जान्छौ । अब पुराने बिचारले हुदैन नयाँ समाजवादी बिचार लिएर जान्छौ ।
जेनजी युवाहरुको आन्दोलनले उठाएका मुद्धाहरुको सम्बोधन, देशमा ब्याप्त भष्टाचारको अन्त्य र सुशासनको प्रत्याभुति, देशलाई संमृद्धी तर्फ लाने कुरा युवाहरुलाई नेतृत्वमा ल्याउने राजनीति स्थायित्व दिने, लगायतका बिषय हाम्रा ऐजेण्डा हुने छन ।
तपाई त मकवानपुर क्षेत्र नं १ बाट चुनाब उठ्ने पनि चर्चा छ नि ?
सर्व प्रथम त तपाई उठ्नुस भनेर पार्टीले भन्नु पर्यो । त्यस पछि मकवानपुरका जनताले पनि तपाईको आवश्यकता छ । तपाई अधिवक्ता पनि हुनुहुन्छ ,कानुन बनाउने ठाँउमा तपाई जानुस् भन्नु पर्यो । पार्टीका नेता र साथीहरु तथा मकवानपुरका जनताले संसदमा जनताको आवाज उठाउन तपाई जस्ता मान्छे चाहिन्छ भन्नु भयो भने मैले सह्रस स्विकार गरेर अगाडी बढ्छु ।
अन्त्यमा ..?
अन्त्यमा तपाईको मिडिया मार्फत आम नेपाली दाजुभाई दिदि बहिनीलाई म के भन्न चाहन्छु भने तपाईहरुले मान्छे चिन्नुस भष्ट र गनाएका मान्छेहलाई भोट नहाल्नुस । यो समाजमा केही गर्दछु भन्नेलाई मत दिनुस , सहि मान्छे पहिचान गर्नुस ,एक भोट त हो नि एक भोटले के फरक पर्दछ भनेर गलत ब्यक्तिलाइ मत दिएमा पाँच बर्ष पछुताउनु पर्दछ । त्यसैले मत दिदानै सचेत बन्नुस ।तपाई मिडियाका साथिहरुले पनि सहि ब्यक्तिलाई मत दिन जनतालाई सचेत गराउनुहोस भनि अनुरोध गर्न चाहन्छु ।




















