जेनजी आन्दोलनका क्रममा २०८२ भाद्र २३ र २४ गते सुरक्षाकर्मीबाट लुटीएका हतियार फिर्ता नभएसम्म भयरहित तरिकाले मतदान गर्ने वातारण नहुने राष्ट्रिय स्वतन्त्र नागरिक समाजका पदाधिकारीहरुले दाबी गरेका छन ।
आज काठमाडौमा राष्ट्रिय स्वतन्त्र नागरिक समाज नेपालले आयोजना गरेको “नेपाल लुटिएका हतियारले आसन्न निर्वाचनमा पार्ने असर” विषयक पत्रकार सम्मेलनमा उनीहरुले यस्तो दाबी गरेका हुन । पत्रकार सम्मेलनमा राष्ट्रिय स्वतन्त्र नागरिक समाजका अध्यक्ष फणीन्द्र नेपालले सरकारले १३/१४ सय हतियार तथा डेढ दुईलाख गोली लुटीएकोमा आधा भन्दा बढि फेला परे पनि आधा भन्दा केही कम फेला नपरेको बताई रहेको स्मरण गराउदै सुरक्षा कर्मीबाट लुटीएका सबै हतियार फिर्ता नभए सम्म भयरहित तरिकाले मतदान गर्ने वातारण नहुने बताउनुभयो ।
उहाँले भन्नुभयो “हतियार र गोलीमा कसलाई हान्ने भन्ने नलेखिएकोले गोली जो कोही माथि पनि प्रहार हुन सक्छ” ।उहाँले एउटा पनि हतियार र दश थान मात्रै गोली नभेटिए पनि भयरहित तरिकाले मतदान गर्ने वातावरण नहुने बताउनुभयो । उहाँले हतियार कसैले रमाईलो गर्न नलुटेको बरु भाद्र २४ गते भन्दा अझ भयानक अवस्था सृजना गरी नेपालाई खरानी बनाउने ग्राईनडिजाइन सहित कुनै राष्ट्र लागेको हुन सक्ने आशंका गनुभयो । उहाँले गृहमन्त्री ओम प्रकाश अर्यालले हतियार खोलाले बगायो भनि केटाकेटी कुरा गरेको भन्दै बगाएको भए प्रमाण देखाउन र फेला परेका हतियार पत्रकारका सामु सार्वजनिक गर्न चुनौती दिनुभयो ।
अध्यक्ष नेपालले आफूहरु सरकारको बिरोधी नभएको तर सरकारले जेनजी आन्दोलनको भावना अनुरुप काम नगरेको बताउनुभयो । उहाँले अहिलेकै अवस्थामा चुनाब भए पुरानै दल दोहोरिन सक्ने भन्दै जेनजीका अलगअलग धारणा र सरकारमा बस्नेको चुनाब भएन भने सरकार छाड्नु पर्दछ भने भयभित मानसिकताले जेनजीको भावना अनुरुप काम नभएको बताउनुभयो । उहाँले आवश्य परे अन्तरीम सरकार बनाएर संविधान संशोधन गर्नुपर्ने पनि बताउनुभयो ।

सोही कार्यक्रममा राष्ट्रिय स्वतन्त्र नागरिक समाजका उपाध्यक्ष एवं नेपाल प्रहरीका पुर्वएआईजी रणबहादुर चन्दले सुरक्षाकर्मीबाट लुटीएका हतियार फिर्ता नभए सम्म भयरहित नरिकाले मतदान गर्ने वातावरण नहुने भएकोले सरकारले हतियार फिर्ता गर्न सहयोग गर्न सम्पूर्ण देशबासीलाई सार्वजनिक रुपमा आब्हन गर्नु र्ने सुझाब दिनुभयो । उहाँले हतियार फिर्ता गर्ने अभियानमा आम नागरिक र सबै राजनीतिक दलले पनि आ—आफ्नो ठाँउबाट सहयोग गर्नुपर्ने बिचार राख्नुभयो । उहाँले १३/१४ सय हतियार तथा डेढ दुईलाख गोली लुटीएकोमा ६/७ सय फेला परे पनि अझै ५/६ सय फेला नपरेको र फेला नपेकोमा आधा जति लामो दुरीमा प्रहार गर्ने हतियार भएकोले झनै चुनौतीपुर्ण भएको बताउनुभयो । लामो दुरीमा प्रहार गर्ने हतियारले दुई/तिन सय मिटरसम्म हान्न सक्ने भएकोले भय सृजना भएको पनि बताउनुभयो ।
उहाँले हतियार गलत मनसाय साथ लुटीएको हुने सम्भावना बढी भएको आशंका गर्दै सरकार हतियार फिर्ता ल्याउन स्पष्ट रणनीति बनाएर अगाडी बढ्नुपर्ने सुझाब दिनुभयो । कार्यक्रममा राष्ट्रिय स्वतन्त्र नागरिक समाजका महासचिव प्रवीण नेपाल, कोषाध्यक्ष संजय झा को पनि बिशेष सहभागिता रहेको थियो ।




















