चौथो पटक मन्त्रिपरिषद् विस्तार

 

 

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले  चौथो पटक मन्त्रिपरिषद् विस्तार गरेकी छन् । नियुक्त मन्त्रीको दिउँसो ३ बजे राष्ट्रपति कार्यालय शीतल निवासमा शपथ हुने निश्चित भएको छ ।

 

राष्ट्रपति कार्यालय स्रोतका अनुसार मन्त्रीमा  कुमार इङनाम, माधव चौलागाईं, राजेन्द्रसिंह भण्डारी र श्रद्धा श्रेष्ठ छन् ।