एमाले केन्द्रीय कमिटीमा १५ प्रतिशत जेनजी पुस्तालाई राख्न दबाब

एमाले केन्द्रीय कमिटीमा १५ प्रतिशत जेनजी पुस्तालाई राख्न दबाब नेकपा एमालेको केन्द्रीय कमिटीमा जेनजी पुस्ताको १५ प्रतिशत प्रतिनिधित्व गराउने आवाज उठेको छ ।

एमाले प्रचार प्रमुख राजेन्द्र गौतमले सो जानकारी दिएका हुन् । ४० वर्ष मुनिबाट प्रतिनिधित्व गरेर महाधिवेशनमा सहभागीहरुलाई केन्द्रीय कमिटीमा कसरी समेट्ने भन्नेबारे छलफल भइरहेको गौतमले जानकारी दिए । त्यसको क्लस्टर तयार पार्न पार्टी नेतृत्वलाई जिम्मा दिइएको उनको भनाइ छ ।

‘अन्डर फोर्टी भनेर जो प्रतिनिधि आएका छन्, त्यसको क्लस्टर तयार गर्न नेतृत्वलाई जिम्मेवारी दिइएको छ । पुराना विद्यमान क्लस्टरहरुमा युवाहरुको प्रतिनिधित्व गराउने कुरामा पार्टी केन्द्रीय कमिटी सदस्यहरुको विशेष जोड छ,’ उनले भने, ‘त्यसमा नेतृत्वको गम्भीर ध्यानाकर्षण गराइएको छ । अझै भनेर भन्दा अन्डर फोर्टीको १५ प्रतिशतसम्म हुनुपर्छ भन्ने आवाज उठेको छ ।’