skip this वडा नं १६ बालाजु च:मती

निफ्राले तीन पटकसम्म लिलाम प्रक्रियामा लगेपछि मात्र आफैँ धितो सकार्न पाउने

नेपाल पूर्वाधार विकास बैंक (नेपाल इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंक–निफ्रा) ले तीन पटकसम्म लिलाम प्रक्रियामा लगेपछि मात्र धितो आफैँ सकार्न पाउने भएको छ । नेपाल राष्ट्र बैंकले निफ्राका लागि जारी गरिएको एकीकृत निर्देशिका, २०८१ मा संशोधन गर्दै गैरबैंकिङ सम्पत्तिको नोक्सानी र लिलाम बिक्री सम्बन्धमा नयाँ व्यवस्था ल्याएको हो । कर्जा असुल गर्न कम्तिमा तीन पटकसम्म धितो लिलाम प्रक्रिया पूरा गर्दासमेत उक्त धितो बिक्री नभएमा मात्र आफैँले सकार गर्नुपर्नेछ ।

गैरबैंकिङ सम्पत्तिमा सकार गरेकै मितिदेखि शतप्रतिशत नोक्सानी कायम गर्नुपर्ने व्यवस्था हटाइएको छ । गैरबैंकिङ सम्पत्ति बिक्री भएको अवस्थामा त्यस्तो सम्पत्तिका लागि खडा गरिएको नोक्सानी व्यवस्थाको आवश्यक हिसाब मिलान गर्नुपर्ने व्यवस्था हटाइएको छ ।