उम्मेदवारको बन्दसूची बुझाउने समय नथपिने

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन अन्तर्गत समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउने सोमबार अन्तिम दिन हो । यो समाचार तयार पार्दासम्म ९ दलले मात्रै समानुपातिक उम्मेदवारको बन्दसूची आयोगमा बुझाएका छन् । तर अझै पनि शीर्ष दलहरूले समानुपातिक उम्मेदवारको बन्दसूची बुझाएका छैनन् ।

निर्वाचन आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउने समय थपिने छैन । तर समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउन आयोगको कार्यालयमा पुगेका दलहरूलाई भने मङ्गलबार बिहान १० बजे पनि सेवा दिइने छ ।

आयोगमा प्रतिनिधि पठाएर निस्सा लिने तर बन्दसूची समयमै पेस नगर्दा समस्या भएको छ ।