साताको कारोबारको तेस्रो दिन आज (मंगलबार) सुनको मूल्य घटेको छ । नेपाली सुनचाँदी व्यवासायी महासंघको अनुसार आज छापावाला सुन तोलामा सात हजार नौ सय रूपैयाँले घटेको हो । जस अनुसार आज छापावाला सुन नेपाली बजारमा प्रतितोला दुई लाख ६२ हजार एक सय रूपैयाँमा कारोबार भइरहेको छ ।
यता आज चाँदी पनि घटेको छ । आज चाँदी तोलामा तीन सय पाँच रूपैयाँले घटेर प्रतितोला ४ हजार ५ सय ९० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।



















