उज्यालो नेपाल पार्टीसँग एकीकरण टुंगिएसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिकतर्फको बन्द सूची निर्वाचन आयोगमा बुझाएको छ । रास्वपाले गएराति ११० जनाको नाम समेटिएको सूची आयोगमा दर्ता गराएको हो ।
सूचीअनुसार आदिवासी जनजाति पुरुषतर्फ पहिलो नम्बरमा डा. राम लामा छन् भने आदिवासी महिलातर्फ टासी लाजोम पहिलो स्थानमा परेकी छन् । खस आर्य पुरुषको पहिलो नम्बरमा विपिनकुमार आचार्य र महिलातर्फ प्रतिभा रावल छन् ।
थारू पुरुषतर्फ सुरेन्द्र चौधरी र महिलातर्फ गीता चौधरी पहिलो स्थानमा छन् । यस्तै, दलित पुरुषको सूचीको शीर्षमा रुपक विश्वकर्मा र दलित महिलातर्फ रिमा विश्वकर्मा पहिलो नम्बरमा परेकी छन् ।
रास्वपाले समावेशी प्रतिनिधित्वलाई ध्यानमा राख्दै विभिन्न समुदाय र समूहबाट समानुपातिक सूची तयार गरिएको जनाएको छ ।




















