पार्टी विभाजन हुने भय र भ्रम नराख्न विश्वप्रकाशको आग्रह

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनबाट पार्टी विभाजन हुने भय र भ्रम नराख्न आग्रह गरेका छन् । राजनीतिक वृत्तमा कांग्रेसको भविश्यबारे अनेक टिप्पणी भइरहँदा उनले विशेष महाधिवेशनले पार्टी विभाजन नहुने दोहोर्‍याएका हुन् ।

‘फुट्ने भय र भ्रम नराख्न फेरि पनि सबैलाई नम्र आग्रह,’महामन्त्री शर्माले आज बिहान सोसल मिडिया प्लेटकर्फ एक्समार्फत् भनेका छन, ‘दोस्रो विशेष महाधिवेशन बदलिएको समयको कांग्रेसका लागि, बदल्नुपर्ने देशका लागि ।’

उनले अर्का महामन्त्री गगन थापाले दिएको ‘विष पिउने’ अभिव्यक्ति र आफ्नो ‘हलबाट बाहिरिने’ अभिव्यक्ति बारे थप प्रष्टीकरण दिएका छन् ।