skip this वडा नं १६ बालाजु च:मती

गोरखा- २ बाट डा. बाबुराम भट्टराई बने उम्मेदवार

आसन्न प्रतिनिधिसभा निर्वाचनमा नउठ्ने घोषणा गरेका बाबुराम भट्टराई गोरखा क्षेत्र नम्बर २ बाट प्रत्यक्षतर्फको उम्मेदवार बन्ने भएका छन्। प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)बाट भट्टराई गोरखा- २ बाट उम्मेदवार बन्न लागेका हुन्।

प्रलोपाका जिल्ला नेता यानप्रसाद भट्टका अनुसार अगुवा कार्यकर्ता भेलाको निर्णयबाट गोरखा–२ बाट भट्टराईलाई उम्मेदवार बनाउने निर्णय भएको हो।
अगुवा कार्यकर्ता भेलामा सहभागी भट्टराईलाई कार्यकर्ताले उम्मेदवार बन्न दबाब दिएको उपस्थित एक नेताले जानकारी दिए।

भट्टराई २०६४ को संविधानसभा निर्वाचनमा पनि गोरखा–२ बाट निर्वाचित बनेका थिए भने २०७० मा गोरखा–१ बाट निर्वाचित बनेका थिए । २०७४ सालमा कांग्रेससँगको गठबन्धनबाट गोरखा–२ मा विजयी बनेका भट्टराईले २०७९ मा भने नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाललाई सघाएका थिए।