skip this वडा नं १६ बालाजु च:मती

रवि र बालेनको जनकपुरमा भव्य स्वागत, विमानस्थलमा भिडबाट सिसाको ढोका फुट्यो

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाह जनकपुर पुगेका छन् । आइतबार मात्र काठमाडौं महानगरको मेयरबाट राजीनामा दिएपछि रास्वपाको केन्द्रीय कार्यालय पुगेका बालेन सभापति रविसँगै जनकपुर आइपुगेका हुन् ।

रवि, बालेनलगायतका नेताहरूलाई स्वागत गर्न विमानस्थलको गेटमा समर्थकहरूको ठूलो भिड लागेपछि धकेला धकेल हुँदा विमानस्थलको सिसाको ढोका नै फुटेको छ । रास्वपाले सोमबार जनकपुरधाममा विशेष सभा गर्दै चुनावी अभियानको शुरुवात गर्दैछ । सोहि कार्यक्रमक लागि रवि र बालेन जनकपुर पुगेका हुन् ।