skip this वडा नं १६ बालाजु च:मती

आजको बैठकले गर्ने निर्णय ऐतिहासिक हुन्छ : महामन्त्री पौडेल

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले आजको केन्द्रीय कार्यसमिति बैठकले निर्वाचन केन्द्रित ऐतिहासिक निर्णय गर्ने दाबी गरेका छन्। केन्द्रीय कार्यालय सानेपामा पहिलोपटक बस्न लागेको नवनिर्वाचित केन्द्रीय कार्यसमिति बैठकमा सहभागी हुन पुगेका महामन्त्री पौडेलले सञ्चारकर्मीसँग कुरा गर्दै बैठकका निर्णयले देशभर राजनीतिक तरंग ल्याउने बताएका हुन्।

उनका अनुसार बैठकबाट हुने निर्णयले कांग्रेसप्रति मतदाताको आकर्षण बढाउन महत्वपूर्ण भूमिका खेल्नेछ। “आजको बैठकले निर्वाचनलाई केन्द्रमा राखेर केही ठोस र ऐतिहासिक निर्णय गर्दैछ,” पौडेलले भने, “यसले देशभर नयाँ सन्देश जानेछ र निर्वाचनमा कांग्रेसप्रति मत आकर्षित गर्न मद्दत पुग्नेछ।”

कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको यो पहिलो बैठक हो। स्रोतका अनुसार बैठकले पार्टी सभापति गगनकुमार थापालाई भावी प्रधानमन्त्रीका रूपमा अघि सार्दै निर्वाचनमा जाने निर्णय गर्ने तयारी गरेको छ।