skip this वडा नं १६ बालाजु च:मती

फागुन २१ को चुनावमा कांग्रेस एकताबद्ध भएर जान्छ : अर्जुननरसिंह केसी

नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले आगामी फागुन २१ गतेको चुनावमा पार्टी एकताबद्ध भएर जाने बताएका छन् ।

उनले भनेका छन्, ‘जिन्दगीको यात्रा नै चुनौतीको संघर्षको यात्रा हो । यात्रामा हिँड्दा अनेक चुनौती आउँछन्’, उनले भने, ‘चुनौतीसँगै समाधान पनि भेटिन्छन् । आगामी चुनावमा कांग्रेसले आफ्नो शक्ति फर्काउँछ ।’ उनले अबको चुनाव मुख्य चुनौती र समाधानको बाटो पनि रहेको बताउँदै कांग्रेसले आफ्नो शाख जोगाउने पनि दाबी पनि गरेका छन् ।