skip this वडा नं १६ बालाजु च:मती

निर्वाचन आचार संहिता २०८२ को पुर्ण पालना गराउन डा. शेखर अर्यालको माग

प्रगतिशील लोकतान्त्रिक पार्टीको तर्फबाट काठमाडौं जिल्ला निर्वाचन क्षेत्र नं. ३ का उम्मेदवार डा. शेखर अर्यालले निर्वाचन आचार संहिता २०८२ को पुर्ण पालना गराउन माग गर्दै निर्वाचन आयोमा ध्यानाकर्षण पत्र दर्ता गराउनुभएको छ । डा. अर्यालले २०८२/१०/१९ मा सो ध्यानाकर्षण पत्र दर्ता गराउनुभएको हो ।

उहाँले ध्यानाकर्षण पत्र दर्ता गराए पछि जिल्ला निर्वाचन आयोगको कार्यलयले, मुख्य निर्वाचन अधिकृतको कार्यालय, नयाँ बानेश्वर, काठमाडौं, जिल्ला प्रशासन कार्यालय, काठमाडौं र जिल्ला निर्वाचन कार्यालय, मीनभवन, काठमाडौलाई ध्यानआकर्षण समेत गराएको छ । जसको बिवरण यस प्रकार छ ।