राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)परित्याग गरेका पूर्व डीआईजी रमेश खरेल नेपाली कांग्रेसको चुनावी कार्यक्रममा सहभागी भएका छन् । उनी काभ्रेपलाञ्चोक–२ का कांग्रेस उम्मेदवार मधु आचार्यको पाँचखाल–५ केराघारीमा आयोजित कार्यक्रममा पुगेका हुन् । आफू कुनै पार्टीमा आवद्ध नभएको बताउँदै खरेलले रुपान्तरणसहित अघि बढेको कांग्रेसले देशको मुहार परिवर्तन गर्ने अपेक्षासहित समर्थन गर्न आएको बताए ।
उनले गगन थापा र विश्वप्रकाश शर्माजस्ता युवा नेताको नेतृत्वलाई सहयोग गर्न कांग्रेसका पक्षमा मत मागेको उल्लेख गरे । २०७९ को आम निर्वाचनमा काठमाडौं–१ बाट चुनाव लडेका खरेल त्यसपछि रास्वपामा आवद्ध भई बारा–२ को उपचुनाव लडेका थिए। उक्त उपचुनावमा उनी जनता समाजवादी पार्टी (जसपा)का उपेन्द्र यादवसँग पराजित भएका थिए।





















