सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनविरुद्ध दायर रिटहरूलाई फागुन २१ गतेको निर्वाचनको भोलिपल्ट (फागुन २२ गते) साधारण तारेख दिएको छ।
रिटकर्ता मध्ये अधिवक्ता कृतिनाथ शर्मा पौडेलका अनुसार चुनावको भोलिपल्ट अर्थात् यही फागुन २२ गतेलाई साधारण तारिख पाएको जानकारी दिए ।
संसद् विघटनविरुद्ध सर्वोच्च अदालतमा कात्तिक १२ गते संवैधानिक इजलासले १६ वटा रिट निवेदनमाथि सुनुवाइ गर्दै बाटोको म्याद बाहेक सात दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको थियो ।
त्यसपछि नेकपा एमालेका सांसद र नेपाली काँग्रेसले फरक फरक रिट दायर गरेका थिए । उनीहरुले दायर गरेको रिटमा लिखित जवाफ मागेको थियो । सबै पक्षबाट लिखित जवाफ पेश भइसके पनि हालसम्म प्रारम्भिक सुनुवाइ मात्रै भएको छ।
प्रतिनिधिसभा विघटन तथा प्रधानमन्त्री नियुक्ति असंवैधानिक भएको दाबी गर्दै राष्ट्रपति निर्णय बदरको मागसहित रिट दायर गरिएको थियो ।



















