सर्लाही, बरहथवा नगरपालिका(१ नागमन्दिर नजिक सडकमा ज १ त ४५२० नम्बरको
ट्याक्टरको ठक्करबाट सोही ठाउँ बस्ने ३० वर्षीय भोला सहनीको सोमबार राति मृत्यु भएको छ। ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मकवानपुर, बागमती गाउँपालिका ८ तल्लो भवानीस्थित सडकमा फापरबारीबाट हात्तीसुडेतर्फ जाँदै गरेको प्र३(०२ ००५ प १००८ नम्बरको मोटरसाइकल सोमबार राति दुर्घटना हुँदा चालक बकैया गाउँपालिका ८ बस्तिपुर बस्ने ४० वर्षीय प्रेम बहादुर गोलेको मृत्यु भएको छ ।
दाङ, राजपुर गाउँपालिका ४ मोतीपुरस्थित सडकमा रोहिनियाबाट मोतीपुरतर्फ जाँदै गरेको नम्बर नखुलेको ट्याक्टरबाट खसेर सोही गाउँपालिका ४ रोहिनिया बस्ने ४५ वर्षीय
हरि प्रसाद चौधरीको सोमबार राति मृत्यु भएको छ । ट्याक्टरबाट खसेर गम्भीर घाइते भएका उनको लमही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार ट्याक्टर चालकको
प्रहरीले खोजी गरिरहेको छ ।

















