skip this वडा नं १६ बालाजु च:मती

यती एयरलाइन्स निर्वाचनका दिन नउड्ने

यती एयरलाइन्सले २१ फागुनमा तय प्रतिनिधिसभा निर्वाचनका दिन निर्धारित सबै उडान स्थगित गरेको छ । कम्पनीले सूचना जारी गर्दै २१ फागुनमा उडान नहुने बताएको हो । निर्वाचन आयोगले भने यसपालि आन्तरिक उडान निरन्तर राख्ने निर्णय गरेको छ । सोहीकारण कम्पनीहरूले चाहेमा उडान निरन्तर हुन्छ ।

यती एयरलाइन्सका अनुसार २२ फागुनदेखि भने उडान नियमित हुनेछ । काठमाडौंमा हवाई यात्रुका लागि सटल बस सुविधा उपलब्ध हुनेछ । तर, यस दिन अन्य विमानस्थलमा भने त्यस्तो सुविधा नहुँदा यात्रा सहज भने छैन ।