बालेनले विश्वासको मत लिनु नपर्ने

प्रतिनिधि सभाको निर्वाचनमा स्पष्ट बहुमत प्राप्त गर्ने निश्चित भइसकेको राष्ट्रिय स्वतन्त्र पार्टीका बरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले प्रधानमन्त्री नियुक्त भइसकेपछि विश्वासको मत लिनु पर्ने छैन । निर्वाचनअघि नै पार्टीले बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर मत मागेकोले पार्टीले उनलाई नै प्रधानमन्त्रीको रुपमा अगाडि सार्ने विश्वास गरिएको छ । बालेन संविधानको धारा ७६ को उपधारा १ अनुसार प्रधानमन्त्री नियुक्त हुने भएकोले उनले विश्वासको मत लिनु नपर्ने भएको हो ।

संविधानमा कुनै पनि दलको एकल बहुमत आएर उसको संसदीय दलको नेता प्रधानमन्त्री नियुक्त भएको अवस्थामा यस्तो प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने व्यवस्था छैन । दुई वा सोभन्दा बढी दलको गठबन्धनमा वा ठूलो तर एकल बहुमत नआएको दलको नेता प्रधानमन्त्री नियुक्त भएको खण्डमा भने विश्वासको मत लिनुपर्ने बाध्यात्मक व्यवस्था छ ।