नियमित गस्तीमा रहेको प्रहरी टोलीले बाराको निजगढ नगरपालिका– ११ रतनपुरबाट १२ किलो २३० ग्राम गाँजासहित दुई जना पक्राउ गरेको छ । केन्द्रीय प्रहरीका अनुसार जीतपुर सिमरा उपमहानगरपालिका– १९ इनर्वा सिरहाका ३५ वर्षीय फिरोज देवान र गौर नगरपालिका– ९ का १९ वर्षीय तरबेज आलम पक्राउ परेका हुन् ।
यसैगरी, भरतपुर महानगरपालिका– १८ लाहुरेचोकबाट चिकित्सको सिफारिसमा मात्र खरिद गर्न पाइने २२० फाइल ट्रामाडोलसहित सोही महानगरपालिका– २३ का २९ वर्षीय सोम पाण्डेलाई पक्राउ गरेर अनुसन्धान थालिएको छ । उनीहरूलाई मंगलबार पक्राउ गरिएको हो ।
















