बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी नागार्जुन नगरपालिका १ रानीवन बस्ने बर्दिया राजापुर नगरपालिका ५ घर भएकी ३१ वर्षीया सदिशा पाण्डे खनाल लाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।जिल्ला अदालत काठमाडौंको २०८२ वैशाख ३ गतेको फैसलाले उक्त मुद्दामा ३६ लाख ८२ हजार ९ सय ८० रूपैयाँ जरिवाना, ३ दिन कैद र १ लाख ४७ हजार ३ सय १९ रूपैयाँ पीडित राहत कोषमा क्षतिपूर्ति जम्मा गराउने सजाय ठहर भई फरार रहेकी उनलाई
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।



















