skip this वडा नं १६ बालाजु च:मती

मारिएको हल्ला चलेपछि बेन्जामिन नेतन्याहूले प्रत्यक्ष भिडिओ सन्देश जारी गरे

 

इरानी हमलामा मारिएको हल्ला चलेपछि इसराइलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले प्रत्यक्ष भिडिओ सन्देश नै जारी गरेका छन्।

इरानकै सरकारी सञ्चारमाध्यमहरुले इसराइली प्रधानमन्त्री नेतन्याहू मारिएको वा घाइते भएको भनेर हल्ला चलाएपछि आइतबार उनले भिडिओ सन्देश सार्वजनिक गरेका हुन्।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार नेतन्याहूले आफ्नो टेलिग्राम खातामार्फत भिडिओ सार्वजनिक गरेका हुन्।

भिडिओमा उनी जेरुसलेमको बाहिरी क्षेत्रमा रहेको एउटा क्याफेमा कफी पिउँदै आफ्ना सहयोगीसँग कुराकानी गरिरहेको देखिन्छ।

भिडिओमा उनका सहयोगीले सामाजिक सञ्जाल र इरानी सञ्चारमाध्यममा फैलिएको हल्लाबारे सोधेका छन्।