काठमाडौंका विभिन्न क्षेत्रमा असिना सहितको वर्षा ,दिउसै रातको झल्को

 

आज अपराह्न काठमाडौंका विभिन्न क्षेत्रमा असिना सहितको वर्षा भएको छ।
असिना सहितको वषाले केही समयका लागि सवारी आवागमन प्रभावित भएको थियो भने पैदल यात्रुहरूलाई पनि समस्या परेको थियो ।
मौसम एक्कासि बदलिएपछि आकाशमा बाक्लो कालो बादल मडारिँदा केही समयका लागि रात परेजस्तो दृश्य देखिएको थियो।
मौसमविद्हरूका अनुसार पश्चिमी वायु प्रणालीको प्रभावका कारण मौसम बद्लिएको हो।
यसैका कारण आगामी केही दिनसम्म देशका विभिन्न स्थानमा मेघगर्जनसहित वर्षा हुने सम्भावना रहेको जनाइएको छ।
स्थानीय प्रशासनले नागरिकलाई सतर्क रहन, आवश्यक सावधानी अपनाउन तथा अनावश्यक रूपमा बाहिर ननिस्कन आग्रह गरेको छ।