पाल्पा । सिद्धार्थ राजमार्ग अन्तर्गतपाल्पा जिल्लाको सिद्धबाबा क्षेत्रमा लेदोसहित ढुङ्गा खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । पहिरोका कारण सडक दुवै तर्फबाट बन्द भएपछि आवागमन प्रभावित भएको हो ।
पानी पर्न छाडेपछि सडकमा खसेको ढुङ्गा हटाइने जिल्ला प्रहरीले कार्यालय पाल्पाले जनाएको छ । प्रहरी कार्यालयले यात्रु तथा सवारी चालकलाई पानी पूर्ण रूपमा रोकिएपछि मात्र यात्रा गर्न अनुरोध गरेको छ ।
अहिले बुटवलबाट पाल्पा जाने र आउने सवारी रोकिएका छन्। प्रहरीले यात्रु र सवारी चालकलाई वैकल्पिक मार्गको प्रयोग गर्न वा सुरक्षित समय कुर्न आग्रह गरेको छ ।



















