skip this काठमाण्डौं महानगरपालिका ११

कुवेतको अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन आक्रमण, इन्धन डिपोमा ठूलो आगलागी

कुवेतको अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार बिहानै इरानी ड्रोनले आक्रमण गरेको छ । कुवेतको नागरिक उड्डयन प्राधिकरणका अनुसार ड्रोनले विमानस्थलमा रहेको इन्धन डिपोलाई लक्षित गरी प्रहार गरेको थियो, जसका कारण उक्त क्षेत्रमा ठूलो आगलागी भएको हो । आक्रमणबाट भौतिक क्षति मात्र भएको स्रोतले जनाएको छ । घटनामा अहिलेसम्म कुनै मानवीय क्षतिको खबर आएको छैन ।

आक्रमण लगत्तै अधिकारीहरूले आपतकालीन सुरक्षा संयन्त्र परिचालन गरेका थिए । दमकल र सम्बन्धित निकायका टोलीहरूले तत्कालै घटनास्थल पुगेर आगो नियन्त्रणमा लिने प्रयास गरेका थिए । अहिले विमानस्थलको उक्त क्षेत्रलाई सुरक्षित राख्दै क्षतिको विस्तृत विवरण संकलन गर्ने काम भइरहेको छ।