निवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्या एवं खानेपानीमन्त्री निशा मेहताले पदभार ग्रहण गरेको छ । राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको शपथ लिएपश्चात् उनी मन्त्रालयमा पुगेर पदबहाली गरेको हो । उनलाई मन्त्रालयका कर्मचारीहरुले स्वागत गरेको थियो ।
पेसाले नर्स उनी रास्वपामा स्थापनाकालदेखि नै आबद्ध छन् । उनी प्रतिनिधिसभा निर्वाचनमा रास्वपाको मधेसी ‘क्लस्टर’बाट समानुपातिक सांसद चुनिएको हो । सुनसरी इनरुवाकी ३८ वर्षीया मेहताले भारतबाट नर्सिङमा स्नात्तकोत्तर गरेको छ ।



















