रास्वपा सभापति लामिछाने र महन्थ ठाकुरबीच भेटवार्ता

रास्वपा सभापति रवि लामिछाने र राष्ट्रिय सभा सदस्य महन्थ ठाकुरबीच भेटवार्ता भएको छ।

सभापति लामिछानेको निवास बुढानीलकण्ठ पुगेका ठाकुरले भेटमा वर्तमान राजनीतिक अवस्था, मधेसको विकास र प्राथमिकता दिनुपर्ने योजना लगायतका विषयमा छलफल गरेका हुन्। लामिछानेको सचिवालयका अनुसार दुवै नेताले पछिल्लो जनादेशअनुसार समग्र विकासका लागि सहकार्य गरेर अघि बढ्ने कुरामा सहमति जनाएका छन्।