स्पष्टीकरणको जवाफ नदिने अडानमा पूर्णबहादुर खड्का

नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीले सोधेको ७ दिने स्पष्टीकरणको जवाफ नदिने बताएका छन् ।

कांग्रेस केन्द्रीय अनुशासन समितिले खड्कालाई कार्यवाहक सभापतिको हैसियत दाबी गर्दै अनधिकृत विज्ञप्ति जारी गरेको आरोपमा स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । तर खड्काले यस विषयमा प्रतिक्रिया दिँदै “यस्ता कुरा नगरौँ” भन्दै टिप्पणी गरेका छन् ।

यसअघि उनले चैत ३० मा पुनः कार्यवाहक सभापतिको नाममा विज्ञप्ति जारी गरेका थिए, जसलाई पार्टीले विधानविपरीत भन्दै कारबाही प्रक्रिया अघि बढाएको छ। यसबीच पार्टीभित्र विशेष महाधिवेशन र नेतृत्व विवादका कारण आन्तरिक मतभेद पनि चर्किएको छ ।