कांग्रेसले पूर्णबहादुरलाई सोधिएको स्पष्टीकरण फिर्ता लिने

नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले पूर्णबहादुर खड्कालाई सोधिएको स्पष्टीकरण फिर्ता लिने तयारी गरेको छ ।

उनले सार्वजनिक रूपमा अदालतको फैसला मान्ने र अब ‘कार्यवाहक’ नलेख्ने बताएपछि सोहीलाई पर्याप्त स्पष्टीकरण मानेर पत्र फिर्ता लिन लागिएको हो।