हरिहरनाथ-मुक्तिनाथ सांस्कृतिक यात्रा १५औं संस्करण सम्पन्न

हरिहरनाथ–मुक्तिनाथ सांस्कृतिक यात्रा १५औं संस्करण भव्य रूपमा सम्पन्न भएको छ। भारतको विहार राज्यस्थित सोनपुरबाट १ वैशाखमा रथसहित सुरु भएको यात्रा ६ वैशाख २०८३ मा मुस्ताङस्थित विश्वप्रसिद्ध मुक्तिनाथ धाममा पुगेर समापन भएको हो।
सनातन हिन्दू परम्पराअनुसार शालिग्रामलाई भगवान विष्णुको अवतार मानिन्छ, जसको मुख्य उत्पत्तिस्थल नेपालको कालीगण्डकी नदी हो। ऐतिहासिक रूपमा यो यात्राको आधार दशौं शताब्दीका दार्शनिक आदि जगद्गुरु रामानुजाचार्यले स्थापना गरेको मानिन्छ।

विभिन्न कालखण्डमा अवरुद्ध हुँदै आएको यो यात्रा पछिल्लो १५ वर्षदेखि धर्मजागरण समन्वयको आयोजना, विहार सांस्कृतिक विकास परिषदको प्रायोजन तथा नेपाल–भारत मैत्री संगठनको व्यवस्थापनमा नियमित रूपमा सञ्चालन हुँदै आएको महासचिव सम थापा बिज्ञप्ती मार्फत जानाकारी दिनु भएको छ ।

यात्राको प्रारम्भका अवसरमा भारत सरकारका केन्द्रीय मन्त्री सतीश कुमार दुबेले सोनपुरमा सहभागी यात्रुहरूलाई विदाई गरेका थिए। कार्यक्रममा सांसद, विधायक, सन्तमहन्त, उद्योगी–व्यवसायीहरूका साथै नेपाल–भारत मैत्री संगठनका अन्तर्राष्ट्रिय उपाध्यक्ष अर्चना सिंह र विहार प्रदेश अध्यक्ष पंकज रायको उपस्थिति रहेको थियो।

नेपालतर्फको व्यवस्थापन संगठनका अन्तर्राष्ट्रिय अध्यक्ष अनुप कुमार सिंह तथा उपाध्यक्ष राजाराम श्रेष्ठले सम्हालनु भएको थियो । यात्राको क्रममा सहयोग, चन्दा, भोजन, आवास तथा सहभागिता जनाउने सबैप्रति आयोजकले धन्यवाद ज्ञापन गरेको छ।