बलात्कार सम्बन्धी मुद्दामा पक्राउ परेका कर्णबहादुर मल्ललाई अदालतको आदेशपछि जेल चलान गरिएको छ। जिल्ला अदालत ललितपुर ले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएपछि उनलाई नख्खु कारागार पठाइएको हो। मल्ललाई गत चैत १४ गते सातदोबाटोबाट पक्राउ गरिएको थियो।
उक्त मुद्दामा ७ देखि १० वर्षसम्म कैद सजाय, तीन लाख रुपैयाँ जरिवाना तथा पीडितलाई क्षतिपूर्ति भराइदिन सरकारी वकिलले माग गरेका छन्। पीडित ३० वर्षीया महिला कलाकार भने लामो समयदेखि माईतीघरमा न्यायको माग गर्दै धर्नामा बस्दै आएकी छन्।


















