रवि किरण हमाल राप्रपाबाटबाट अलग्गिए

जेनजी आन्दोलनका अगुवा तथा राप्रपा का केन्द्रीय सदस्य रवि किरण हमालले पार्टीको केन्द्रीय सदस्य पदबाट राजीनामा दिँदै पार्टीबाट पूर्ण रूपमा अलग्गिएको औपचारिक घोषणा गरेका छन्। लोकतन्त्र दिवसको अवसरमा जारी गरेको प्रेस वक्तव्यमा हमालले व्यक्तिगत स्वार्थभन्दा बाहिर रहेर पछिल्लो एक दशकदेखि सुशासन, सुसंस्कृत राजनीतिक संस्कार र स्थायित्वका लागि निरन्तर प्रयत्न गर्दै आएको उल्लेख गर्दै यो निर्णय लिएको बताएका छन्।
हमालले फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचन र जेनजी आन्दोलनका क्रममा जनताले गरेको स्पष्ट संकेत, दिशाबोध तथा आकांक्षालाई सम्मान गर्दै यो जिम्मेवार र सचेत कदम चालेको स्पष्ट पारेका छन्। उनले यो निर्णय आफ्नो पुस्ताको भावनालाई स्वीकार गर्दै लिएको बताएका छन् जेनजी आन्दोलनको स्वच्छता, साहस, निष्पक्षता र परिवर्तनकारी स्पिरिटलाई राजनीति तथा राजकाजमा पूर्ण रूपमा व्यवहारिक रूपमा लागू गर्न निरन्तर लड्ने, योगदान दिने र अग्रसर रहने उनको भनाइ छ।