सरकारले राष्ट्रपति कार्यालय पठायो थप तीन अध्यादेश

सरकारले थप तीन वटा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ। राष्ट्रपति कार्यालय स्रोतका अनुसार विश्वविद्यालय, स्वास्थ्य र केही नेपाल ऐन संशोधनसम्बन्धी अध्यादेश बुधबार सिफारिस गरिएको हो।

यसअघि सोमबार पनि सरकारले दुई वटा अध्यादेश जारी गर्न सिफारिस गरिसकेको थियो।