विपक्षी दलहरूको संयुक्त बैठकः ९ बुँदे मागसहित सरकारको संयुक्त ध्यानाकर्षण

प्रतिपक्षी दलहरूले सरकारसमक्ष ९ बुँदे माग राख्दै संयुक्त ध्यानाकर्षण गराएका छन् ।

नेपाली कांग्रेस, नेकपा एमाले र नेकपाका प्रमुख सचेतकहरूको बैठकले देशको पछिल्लो राजनीतिक र सामाजिक अवस्थाबारे सरकारलाई ध्यानाकर्षण गराएको हो । बैठकले सुकुम्वासी र अव्यवस्थित बसोवासीलाई उचित विकल्प बिना हटाउन खोजिएको भन्दै आपत्ति जनाएको छ र सुरक्षित बसोबासको व्यवस्था गर्न माग गरेको छ।

त्यस्तै, दाल, चामल, तरकारी र तेलको मूल्य वृद्धि नियन्त्रण गर्न र सुपथ मूल्यका पसल सञ्चालन गर्न पनि माग गरिएको छ । अन्तर्राष्ट्रिय अवस्थाका कारण मल अभाव हुन सक्ने भन्दै बर्खे सिजनका लागि समयमै मल उपलब्ध गराउन सरकारलाई आग्रह गरिएको छ।

1

2