राष्ट्रपतिलाई परामर्श दिन शीतलनिवास पुगे ८ कानुनविद्

संवैधानिक परिषद्सम्बन्धी अध्यादेशबारे राष्ट्रपति रामचन्द्र पौडेललाई परामर्श दिन ८ कानुनविद राष्ट्रपति कार्यालय शीतलनिवास पुगेका छन् । राष्ट्रपति कार्यालय स्रोतका अनुसार संविधानसम्बन्धी जानकार ८ वरिष्ठ अधिवक्ताहरू राष्ट्रपति कार्यालयमा पुगेर परामर्शमा बसेका हुन् ।

परामर्शमा पूर्वमहान्यायाधीवक्ता महादेव यादवसहित शम्भु थापा, शेरबहादुर केसी, पूर्णमान शाक्य, टिकाराम भट्टराई, विपिन अधिकारी, भीमार्जुन आचार्य र ललित बस्नेत सहभागी भएका छन्।