बढ्यो सुनचाँदीको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

साताको कारोबारको अन्तिम दिन आज (शुक्रबार) सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज छापावाला सुन तोलामा ३४ सय रुपैयाँले बढेको हो । जस अनुसार आज छापावाला सुन नेपाली बजारमा प्रतितोला दुई लाख ९६ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता आज चाँदी पनि तोलामा १३५ रुपैयाँ र प्रतितोला चार हजार ९४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।