काठमाडौंको बुद्धनगरस्थित बागमती किनारका बासिन्दाले आफ्नो घरअगाडि जग्गाको लालपूर्जा र घरको नक्सा टाँसेका छन् । वैधानिक भए पनि हुलमुलमा डोजर चल्ने डरले उनीहरूले घरअगाडि जग्गाको लालपूर्जा र घरको नक्सा टाँसेका हुन् ।
उनीहरूले सामान पनि सारेका छैनन् । भत्काउने लाइनमै रहेका तर, कागजात भएकाहरूले यसो गरेका हुन् । अनधिकृत संरचना भत्काउन बुद्धनगर क्षेत्रमा डोजर पुगिसकेको छ ।


















