धर्म र अध्यात्मको खोजबीन गर्दा यहाँ भगवान बुद्ध सम्बन्धी केही चर्चा गर्ने जमर्को गरिएको छ । वैशाख पूर्णिमा बुद्ध जयन्ती रुपमा मान्ने गरिएको छ । बुद्धले वेदलाई मानेनन्, यस हिसावमा बौद्ध धम नास्तिक दर्शनमा पर्छ । उनले शान्तिको खोजी गरे, वेदले ब्रह्माण्ड नै शान्त हुनुपर्ने बताएको छ । शुक्ल यजुर्वेदको भनाइः द्यौः शान्ति रापः शान्तिः आदि भनेर । वैशाख पूर्णिमा शान्तिका अग्रदूत बुद्धको अवतरण भएको दिन । बुद्धको पन्चशीलः हिंसारहित जीवन, चोरी नगर्ने, भूmठ नबोल्ने, व्यभिचार नगर्ने र मद्यपान नगर्ने हो । बुद्धका प्रमुख ४ वादहरु महायान, हीनयान, बज्रयान र थेरवाद हुन् । बुद्धका ४ आर्य सत्यमा दुःख सत्य, समुदय सत्य, निरोध सत्य र मार्ग सत्य हुन् ।
वैदिक सनातनी ग्रन्थ वैराग्य शतकमा राजर्षि भर्तृहरि भन्नुहुन्छ ः भोगे रोगभयं, कुले च्यूतिभयं, वृत्ते नृपालाद्भयं । माने दैन्यभयं, बले रिपुभयं, रुपे जरायाः भयम् । शास्त्रे वादिभयं, गुणे खलभयं, कायेकृतान्ताद् भयं, सर्वं वस्तु भयान्वितं भुवि नृणां वैराग्यमेवाऽभयम् (वैराग्यशतक३१) । यसको अर्थः खानामा रोगको भय छ, कुलमा च्युत हुने डर छ, धनमा चोर र राज्यको भय छ, मानमा दीनताको डर छ, गरिवले धनीलाई सहन्नन्, बलमा शत्रुको भय छ, रुपमा जरा र बूढ्याइँको त्रास छ, विद्धान्का आलोचक बढी हुन्छन्, गुणीलाई निन्दाको डर छ, शरिरलाई कालको डर छ, संसारमा डररहित केही छैन र वैराग्य मात्र भयरहित छ । मनुस्मृति भन्छः धर्मको जसले रक्षा गर्छ, धर्मले उसलाई रक्षा गर्छ, अर्थात् धर्मो रक्षति रक्षितः । त्यसैले गुरु व्यासको भनाइ छः अष्टादश पुराणेषु व्यासस्य वचनं द्वय, परोपकार पुण्याय पापाय परपीडनम् । १८ पुराणका रचयिता वेद व्यासले जम्मा दुई शब्द भनेः अरुको उपकार गर्नाले पुण्य हुन्छ र अरुको पीडाले पाप हुन्छ ।
शैवमार्गीहरुले ईश्वरलाई शिव भने, वेदान्तीहरुले ब्रह्म, बौद्धमार्र्गीहरुले बुद्ध, नैयायिकहरुले कर्ता, जैनमार्गीहरुले अर्हन्त र मीमांशकहरुले कर्म भने, जसले जे भने ठिकै भने, तीनै लोकका मालिक त्रैलोक्यनाथका श्रीपरमेश्वरबाट मानव मात्रले वान्छित फल पाऊन् हामी यही भन्छौँ । शिखमार्गीहरुले गुरु नानकको उपासना गर्छन् उनका प्रार्थनामा ५ नाम छन्ः सत्य, यथार्थता, ईश्वरको नाममा दया, सद्विचार, ईश्वर स्तुति र उनैको गुणगान । दिवा तपति आदिच्चो रति आभाति चन्द्रिमा । सन्नद्धो खत्तियो तपति झायी तपति ब्राह्मणे । अथ सब्बमहोरति बुद्धो तपति तेजसा ।। (धम्मपद ३८७ं) अर्थः सूर्य दिनमा प्रकाशित, रातमा चन्द्रमा, कवच्ले क्षत्रीय प्रकाशवान् हुन्छ भने ध्यानले ब्राह्मण प्रकाशित हुन्छ । बुद्ध आप्mनो तेजले आपँैm प्रकाशित छन् । (महाभारत ३९।७२) अक्रोधेन जयेत् क्रोधमसाधुं साधुना जयेत् । जयेत् कदर्यं दानेन जयेत् सत्येन चाऽनृतम् ।। अर्थः अक्रोधले क्रोधलाई जित्नु, असाधुहरुलाई साधुको व्यवहारले, कृपणलाई दानले र भूmठलाई सत्यले जित्नु । बुद्धको धम्मपद २२३ः अक्कोधेन जिने कोधं असाधुं साधुना जिने । जिने कदारियं दनेन सच्चेन अलिकवादिनं । अर्थः क्रोधीलाई अक्रोधले जित्नु, असाधुलाई साधु भएर, नराम्रो गर्नेलाई राम्रो गरेर, कृपणीलाई दिएर र असत्यलाई सत्यले जित्नु पर्छ ।
यहाँ मात्रै होइन बिश्वका हरेक कुनामा रहेका बौद्ध धमीर्कालागि बुद्धजयन्ती एक अत्यन्तै पावन दिन हो । सबै बौद्धमार्गीहरुले यस दिनलाई अति सुखद दिनका रुपमा हेर्छन् । हरेक वर्ष नेपालमा साताव्यापी कार्यक्रम राष्टिृय स्तरमै गर्ने गरिएको छ । संसारभरि बौद्धधर्ममा बिश्वास राख्नेहरु धेरै छन्, जापान, थाइल्याण्ड, बर्मा, श्रीलंका, चीन आदि । श्रीबिष्णुको सबैजसो अवतारमा पूर्वीय चिन्तन वेदको चर्चा भएको छ भने बौद्धधर्ममा प्रत्यक्षतः बेदको उल्लेख नभए पनि वेदले अभिव्यक्त गरेको हिंसा मुक्त समाज निर्माणको स्थापना बौद्ध धर्म दर्शनको प्रमुख लक्ष्य नै हो । अहिंसा परमो धर्म नै हो । हिन्दु धर्ममाझैं बहु देवप्रथा तथा मूर्ति पूजामा बुद्धले बिश्वास नगरे पनि तन, मन, वचनको अहिंसालाई बुद्धले जीवनको तपस्याको रुपमा लिए । संयोगले बुद्धको जन्म, बुद्धत्व प्राप्त गरेको दिन र महापरिनिर्माणको दिन पनि बैशाख शुक्ल पूर्णिमा एउटै तिथि परेको छ ।
शाक्यवंशीय राजा शुद्धोधनकी महारानीले राति सपनामा ६ ओटा दाँत भएको सेतो हात्ती र षट्चक्र भएको एक उज्यालो तारा आप्mनो शरीरमा प्रवेश गरेको देखिन् । उनै मायादेवीको कोखवाट इसापूर्व ५६३ मा कपिलवस्तुबाट मायावतीको माइतीक्षेत्र देवदह जाँंदै गर्दा बीच बाटोमा रमणीय साल बंगैचामा जन्मिएका बालक जन्मदै आकर्षक थिए । जन्मको सिद्धि प्राप्त गर्न सक्ने ज्योतिषीय भविष्यवाणी अनुसार न्वारान गर्दा उनको नाम सिद्धार्थ राखियो । त्रिकालदर्शी बिद्वान्हरुले भने यो बालक या त प्रतापी राजा हुनेछ या सन्यासी । बालकको जन्म ७ दिनपछि माता मायादेवीको अवसान भएकाले अर्की आमा प्रजावती गौतमीले उनको लालन पालन गरिन् । बालक जन्मने बित्तिकै नन्द र अपनन्द नामक नागहरु आएर उनको स्तुति गरे भने जन्मने बित्तिकै बालकले ७ पाइला हिँडे । राजा शुद्धोदनले उनका मनमा कत्ति पनि वैराग्य नहोस् भनी सांसारिक सुख भोगका सबै सुबिधा उपलव्ध गराए । १६ वर्ष व्यतीत भएका सिद्धार्थलाई सुप्रबुद्धकी सुपुत्री यशोधरासंग बिहे गराई २९ वर्षको उमेरमा राहुल पुत्र पनि जन्मिए । घुम्दै हिँड्दा बाटामा बृद्ध, रोगी, मृत शरीर र भिक्षु देखेपछि सिद्धार्थलाई वैराग्यले सतायो । अब लौकिक सुखले आकर्षण गर्न सकेन र पारलौकिक परम शान्ति प्राप्ति हेतु २९ वर्षकै उमेरमा आषाढ पूर्णिमा मध्यरात्रि दरवार छोडी नदी किनारामा पुगेर राज बस्त्र त्यागी कत्थक नामक घोडालाई पनि अरुको जिम्मा दिई आप्mनो कपाल आफैं खौरेर घटिकार नामक ब्राह्मणप्रदत्त पहेँंला कपडा लगाई हातमा एक पात्र लिई भिक्षुभेष धारण गरी हिँडे । उरुबेला वनमा उनले निकै कडा तप गरेर पनि ज्ञान प्राप्त नहृँदा शुद्ध आहार गर्न लागेका सिद्धार्थ भिक्षार्थी भई उरुबेला क्षेत्रबाट गाउँं पसे । उनी एउटा बटबृक्षमा बस्दा सुजाता नामकी स्त्रीले कुनै असल व्यक्ति सम्झेर खीर खान दिइन् । बुद्धत्व प्राप्तिको अन्तिम खाना स्वरुप भएको त्यो खीर दिने कुनै दैवी शक्ति हुन सक्छ । त्यो खानापछि ३५ वर्षे उमेरमा उरुबेला भनौँ बोधगयामा वोधिबृक्षमुनि उनले बुद्धत्व प्राप्त गरे ।
बुद्धत्व हो कि होइन भनी उनले ७ हप्ता सम्म चिन्तन गरिरहे अनि तपस्सु र भ्रतलुक दुई व्यापारीले दिएको सातु र मह खाएर धर्मोपदेश गर्न थाले । कठोर साधनापछि बुद्धत्व प्राप्त गरेका बुद्धले सर्वप्रथम आप्mनो दिव्यज्ञान कौडिन्यलाई दिए भने अन्तिम ज्ञान प्राप्त गर्ने व्यक्ति सुभद्रऋषि भए । सातु र मह दिने व्यापारीलाई पनि बुद्धले धर्म देशना गरे । आषाढ पूर्णिमाकै दिन सारनाथ क्षेत्रमा आपूmले प्राप्त गरेको दिव्यज्ञान प्रचार गरे । ४५ वर्षसम्म उनले बिभिन्नक्षेत्रमा बुद्ध धर्मको प्रचार गरे । अन्त्यमा ८१ वर्षको उमेरमा भारतको कुसीनगरको उपवर्तन वनमा दुई सालको रुखमुनि इ.पु.४८३ मा बुद्धले महापरिनिर्माण प्राप्त गरे । मृतशरीरमा ७ दिनसम्म पूजा गरियो । तेलले भिजाएको कपडा र फुक्का कपासले ५सय पत्रसम्म बेरेर श्रीखण्डको चितामा राखिएको लासवाट आफैं अग्नि प्रज्वलित भयो । बुद्धको अस्तु बिभिन्न स्थानहरु बैशाली, कासीनगर लगायत कपिलवस्तु आदिक्षेत्रमा राख्न पठाई बिभिन्न चैत्य, स्तुपहरु उनकै स्मृतिमा निर्माण गरिए । बुद्ध कुनै अवतारी नभएर एक महापुरुष हुन् । वोधिसत्व एवं देवताहरुलाई पुज्ने र लामालाई पुरोहितको रुपमा मान्ने चलन चलाइयो, स्तुपाहरुमा पूजा पनि । हालसम्म २८ बुद्धले धर्तीमा अवतार लिए, तणहङ्कर, मेघङ्कर सिखी, बैसम्भू, क्रकुच्छन्द, कनकमुनि, काश्यप र गौतम आदि । यस अर्थमा अहिले वैदिक धर्ममा २८ औँ युग भनिरहँदा हरेक युगमा बुद्धको प्राकाट्य भएकोमा शँका रहन्न । चण्डी पूर्णिमा र बुद्ध पूर्णिमाको संयोगले पनि सो को पुष्टि गर्छ ।



















