अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई विश्वको नक्साबाटै मेटाइदिने चेतावनी दिएका छन् । इरानले होर्मुज जलमार्गमा सुरक्षा दिइरहेका अमेरिकी सामरिक जहाजहरूमाथि हमला गर्ने प्रयास गरे इरानलाई ‘धर्तीको नक्साबाटै मेटाइने’ ट्रम्पले चेतावनी दिएका हुन् । इरानले अमेरिकी सेन्ट्रल कमान्डअन्तर्गत ‘प्रोजेक्ट फ्रिडम’ अभियानमार्फत सुरक्षा दिइरहेका जहाजहरूलाई निशाना बनाएपछि तनाव थप चुलिएको बताइएको छ ।
ट्रम्पको आदेशमा ‘प्रोजेक्ट फ्रिडम’ अभियान सुरु भएको छ । ट्रम्पले सामाजिक सञ्जाल प्लेटफर्म ‘ट्रुथ सोसल’मार्फत इरानले दक्षिण कोरियाको एक मालवाहक जहाजसहित अन्य देशका जहाजहरूमाथि हमला गरेको दाबी गरेका छन् ।


















