भारतमा भएको वामपन्थी हारसँग नेपालको वामपन्थी आन्दोलन जोड्नु गलत:शंकर पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले भारतको केरला राज्यमा वामपन्थी दलको हारसँग नेपालको वामपन्थी आन्दोलन जोडेर विश्लेषण गर्नु गलत हुने बताएका छन्।

उनले सामाजिक सञ्जालमार्फत केरला राज्यमा प्रायः सत्ता परिवर्तन हुने इतिहास रहेको र केही निर्वाचनमा मात्र वाम गठबन्धन पुनः सत्तामा पुगेको उदाहरण दिएका छन् । पोखरेलका अनुसार नेपालको वामपन्थी आन्दोलनको भविष्य कुनै एक निर्वाचन परिणामले नभई यसको एजेन्डा, जनतासँगको सम्बन्ध र राष्ट्रहितमा आधारित गतिविधिले निर्धारण गर्छ ।

उनले हालको हारलाई केवल वामपन्थको मात्र नभई समग्र लोकतान्त्रिक शक्तिहरूको हारका रूपमा लिनुपर्ने टिप्पणी गरेका छन्।

उनले अब लोकतान्त्रिक शक्तिहरूले हारको कारण खोज्दै समीक्षा, पुनर्गठन र पुनर्जागरणमार्फत सुरक्षित लोकतान्त्रिक भविष्य निर्माण गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।