धनुषाको ढल्केबरमा सुकुम्मवासीहरूले प्रदर्शन गरेका छन् । सुकुम्वासीहरूले राष्ट्रिय भूमिका अधिकार मञ्च जिल्ला कार्यसमिति धनुषाको नेतृत्वमा ढल्केबरमा प्रदर्शन गरेका हुन् ।
उठिवास बन्द गर, भूमि र आवासको अधिकार सुनिश्चित गर, जीवन र जीविकाको अधिकार लगायतको नारा लेखिएको प्ले कार्डसहित प्रदर्शन गरेका उनीहरु ढल्केबरको पार्कमा कोणसभा गरेका छन् ।


















