सरकारका गतिविधिविरुद्ध सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय

नेकपा (एमाले)ले सरकारका गतिविधिविरुद्ध सशक्त प्रतिवाद गर्ने निर्णय गरेको छ। अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको सचिवालय बैठकले संविधान, लोकतान्त्रिक व्यवस्था र राष्ट्रिय स्वाधीनतामा चुनौती देखिएको निष्कर्ष निकालेको हो ।

एमालेले भदौ २३–२४ का घटनापछि मुलुक प्रतिगमनतर्फ उन्मुख भएको दाबी गर्दै वर्तमान सरकारले प्रतिशोधको राजनीति, स्वेच्छाचारिता र अधिनायकवादी शैली अपनाएको आरोप लगाएको छ ।

पार्टी अध्यक्षको गिरफ्तारीदेखि लोकतान्त्रिक शक्तिमाथिको हस्तक्षेपसम्मका घटनालाई एमालेले षड्यन्त्रको निरन्तरता भनेको छ ।