जेन–जी रेड फोर्सले वालेन्द्रको विरोध गर्दै भन्यो– आज मोदी अत्यन्त खुसी हुनुहुन्छ होला

जेनजेड रेड फोर्स नेपालले प्रधानमन्त्री वालेन्द्र शाहले आइतबार संसदमा दिएको अभिव्यक्तिमा ‘गम्भीर आपत्ति रहेको छ’ भन्दै विरोध गरेको छ । भारतका प्रधानमन्त्रीले आफूले नेपालको जमिन मिचेको नभन्दा नेपालका प्रधानमन्त्रीले भने भारतको जमिन मिचेको भनेको भन्दै प्रेस विज्ञप्तिमा विरोध गरिएको छ ।

‘तपाईंले नरेन्द्र मोदी र भारतलाई सहज बनाइदिनुभयो’, विज्ञप्तिमा भनिएको छ, ‘नरेन्द्र मोदी स्वयंले पनि आज पक्कै भारतमा बसेर तपाईंले दिएको यो अभिव्यक्ति सुनिसक्नु भयो होला र आज अत्यन्तै खुसी हुनुहुन्छ होला ।’

विज्ञप्तिमा राष्ट्रिय सार्वभौमिकता, सीमा र भूगोलसँग सम्बन्धित विषयलाई लिएर बोल्दा सजग हुन पनि जेनजेड रेड फोर्सले चेतावनी दिएको छ ।

707580228_1770084184154405_3291735561944782540_n-1780227100.jpg